रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र संसदीय दलको बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।

राष्ट्रपतिको निर्वाचनबारे अनिर्णीत रास्वपाले मतदान जारी रहेकै बेला आकस्मिक बैठक बसेर सत्ता गठबन्धनकै उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।

नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। मतदानका लागि संघ र प्रदेशका सांसदहरू छुट्टाछुट्टै लाइनमा लामबद्ध भएका छन्। राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।

मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here