राष्ट्रपति निर्वाचनमा घट्यो मतभार, ४ बजेदेखि मतगणना

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदानका लागि निर्वाचन आयोगले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय दिएको थियो।

निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । मतदानमा ८३२ जना सांसदले मतदान गरेका छन्। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीले भाग लिएनन्।

प्रदेशसभा सदस्यतर्फको ३२ मत कम खसेको छ । २८ प्रदेशसभा सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्णयका कारण उनीहरूले मतदान गरेनन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन प्रदेशसभा सदस्य मतदानमा उपस्थित भएनन् । उक्त पार्टीले यो निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टी (जसपा)की विन्दुकुमारी यादव अस्वस्थ भएका कारण अनुपस्थित हुँदा प्रदेशसभा सदस्यतर्फ ३२ मत नखसेको हो । यी प्रदेशसभा सदस्यको मतभार एक हजार ५३६ हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here