राष्ट्रपति निर्वाचन : मतगणना सुरु, नतिजा केहीबेरमै

काठमाडौं । राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ।

निर्वाचन आयोगले काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा संघ र प्रदेशसभातर्फको छुट्टाछुट्टै स्थलबाट गणना थालेको हो ।

संघीय संसद्कै ल्होत्से हलमा मतदान सम्पन्न भएको थियो।

राष्ट्रपतिमा सत्तागठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । मतगणनामा पौडेलको कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेम्वाङले सांसद महेश बर्ताैलालाई प्रतिनिधि बनाएका छन् ।

आजै सात बजेसम्म मतगणना सक्ने आयोगको तयारी छ। साथै आझै मतगणना सार्वजनिक गरी विजयी उम्मेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here