युभेन्ट्सको क्वाटरफाइनल पुग्ने सम्भावना जीवितै, आर्सनल बराबरीमा रोकियो

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब फ्रेइवर्गमाथि १–० को जित निकालेको छ ।

यस जितसँगै युभेन्ट्सको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स क्वाटरफाइनलमा पुग्नेछ ।

युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा खेलमा इंग्लिस क्लब आर्सनल स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । आर्सनलका विलियम सालिवाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

घरेलु टोली स्पोर्टिङका गोन्कालो इनासियो र पौलिन्होले गोल गरे । यस बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब दोस्रो लेगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ । दोस्रो लेग १६ मार्चको राति आर्सनलको मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here