‘छड्के २’ फ्लप भएपछि अनमोलले मागे माफी

काठमाडौं । ‘छड्के २’ फ्लप भएपछि नायक अनमोल केसीले दर्शकसँग माफी मागेका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।

लेखेका छन् ‘मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकलाई निराश बनाएँ । जुन दर्शकको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाईनै निराश बनाउँदा म झनै दुखी भएको छु,’;२.० छड्के मेरो नवौं सिनेमा थियो ।

म झनै परिपक्व हुनु पर्नेथियो । यहाँ म चुक्न पुगेँ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरूमा मल्हम लगाउनेछु ।’

उनले आफ्नो सिने करिअर अब शून्यबाट सुरु हुने बताएका छन् । ‘दशौं सिनेमा दश पछिको शून्य हटेपछि बन्ने एक अर्थात आज म शून्यमा छु । मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ,” उनी अगाडि लेख्छन्, “मेरो करिअरको दोस्रो सत्रको सुरुआत मेरो अबको सिनेमाबाट हुनेछ ।’

अनमोलको नवौं फिल्म ‘छड्के २’ बक्स अफिसमा र मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको ६ दिनमै हटाइदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here