उपराष्ट्रपतिमा उम्मेदवारी दिन रञ्जिता श्रेष्ठ अयोग्य

काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरिरहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अयोग्य देखिएकी छन् ।

नागरिक उन्मुक्तिले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपनि उमेरका कारण पार्टीकी अध्यक्ष श्रेष्ठ अयोग्य ठहरेकी हुन् ।

तर, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।

त्यस्तै नेपालको संविधानको धारा ६५ मा राष्ट्रपति बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । तर उपराष्ट्रपति बन्नका लागि कति उमेर हुनुपर्ने भन्ने उल्लेख नभए पनि ‘राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने’ उल्लेख छ ।

संसद सचिवालको रेकर्ड अनुसार उनको उमेर हाल ३९ वर्षमात्रै कायम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here