उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारी मनोनयन

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ ।

यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

२८ गते नै उमेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ । चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here