गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जना उम्मेदवार

काठमाडौं । सत्ता गठबन्धनको प्रधानमन्त्री निवासमा बसेको वैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका छन् ।

जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको हो ।

पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र जनमतले ममतालाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here