उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी, सत्ता गठबन्धनबाटै तीन जना

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि चारजनाको मनोनयन दर्ता भएको छ। १० दलीय गठबन्धनबाटै तीन जना र नेकपा एमालेबाट एकजना गरी चारजनाको उम्मेदवारी परेको छ।

जसअनुसार जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन्।

प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन रहेका छन् ।

त्यस्तै, रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

१० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी हुन् ।

उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।

यता नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ रहेका छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् ।

आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here