पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल

एजेन्सी । केलियन एमबाप्पेले गोल गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गरेको छ ।

शनिबार राति भएको खेलको ३७औं मिनेटमा कार्लोस सोलेरको गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो । ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

खेलको अन्त्यतिर एमबाप्पेले मेस्सीको पासमा गोल गरे । यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेमाथि ११ अंकको अग्रता कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here