उपराष्ट्रपति निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ। निर्वाचन आयोगका अनुसार आज‍ दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको छ।

आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि हिजो फागुन २७ गते मनोनयनपत्र दर्ता एवम् मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित‍ गरिएको थियो।

आयोगका अनुसार आज मनोनयनपत्र तथा उम्मेदवारविरुद्धका उजुरी उपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको हो।

उपराष्ट्रपतिका लागि १० दलीय गठबन्धनबाट तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here