राष्ट्रपति पौडेलको शपथग्रहण दिउँसो १ बजे

काठमाडौं । राष्ट्रपति भवन शितल निवासमा सोमबार दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । शपथग्रहण लगत्तै उनले पदभार ग्रहण गर्नेछन्।

प्रधानन्यायाधीशको काम कारबाही गरिरहेका कामय मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई नेपालको चौथो कार्यकालका तेस्रो राष्ट्रपतिका रुपमा शपथ ग्रहण गराउने तय भएको छ। ७८ वर्षे पौडेलको कार्यकाल पाँच वर्षको हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here