नेदरल्याण्डको मेकअप स्टुडियोले काठमाडौंमा प्राेफेसनल मेकअप ट्रेनिङ दिने

काठमाडौं, २७ साउन । केटिएम स्कूल अफ मेकअप स्टुडियोले मेक अप स्टुडियो प्रोफेसनल आम्स्टर्डमको सहकार्यमा काठमाडौंको अनामनगरमा मेक अप स्कूल सञ्चालनमा ल्याएको छ ।

उक्त स्कूलको सफ्ट लञ्चिङ गर्न तथा ब्राइडल मेकअप सम्बन्धि मास्टर क्लास दिनको लागि भारतको कलकत्ताबाट प्रसिद्ध मेकअप आर्टिस्ट नम्रताशर्मा नेपाल आएकी थिइन् । उक्त मास्टर क्लास लिनको लागि देशका विभिन्न भागबाट व्यूटिसियनहरु आएका थिए ।

चार दिनसम्म भएको प्रशिक्षणमा सहभागी ब्यूटिसियनहरुले विभिन्न प्रकारका मेकअप कला सिकेका थिए । हुनु भयो ।

नेदरल्याण्डको सहकार्यमा सुरु भएको केटिएम स्कूल अफ मेकअपमा अन्तर्राष्ट्रिय मेक अपमा आफ्नो करियर बनाउन चाहने जो कोहीले ट्रेनिङ लिन सक्नेछन् । साथै प्रशिक्षणमा समेत सम्पूर्ण प्रोडक्टहरु मेक अप स्टुडियो आम्स्टर्डमको नै प्रयोग गरिने केटिएम स्कूल अफ मेकअपका निर्देशक मिना महत ले बताइन् ।

अन्तर्राष्ट्रिय स्तरको मेकअपको साथ साथै हेयर स्टाइलिङ सम्बन्धि तालिमको व्यवस्था गरिएका स्कूलले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here