उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि फोटोसहितको नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी रङ र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ।

मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख गरिएको छ।

उपराष्ट्रपतिका लागि नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय यादव र प्रमिला कुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दिएका छन्।

उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको भए पनि आयोगले दिएको समयसीमाभित्र फिर्ता नलिएका कारण मत्रपत्रमा उनको पनि नाम र फोटो छ ।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here