उपराष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको हो ।

फागुन २५ मा सम्पन्न राष्ट्रपति चुनावमा पनि राप्रपा मतदान प्रक्रियामा सहभागी भएको थिएन ।

किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको पनि राप्रपाको ठहर छ ।

यही चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here