काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ३ सय पाँच रूपैयाँमा कारोबार भएको छ।