रास्वपाको संयुक्त बैठक स्थगित

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारमा बस्ने तयारी गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवारलाई सहयोग गरेकोले उपराष्ट्रपतिमा पनि गठबन्धनलाई सघाउन सकारात्मक रहँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here