प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतबार आइतबार संसदभवनस्थित ल्होत्से हलमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ ।

बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरू डा.शशांक कोइराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्कालगायतका नेता उपस्थित रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here