‘प्रचण्ड’ उपस्थित भएर पनि मन्त्रीलाई विधेयक पेस गर्न लगाएकोमा एमालेको आपत्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् बैठकमा उपस्थित भएर पनि विधेयक पेश गर्न अर्को मन्त्रीलाई खटाएको भन्दै नेकपा एमालेले विरोध गरेको छ ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्, काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक टेबल गर्ने कार्यसूची थियो ।

सभामुख देवराज घिमिरेले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी (पहिलो संशोधन) विधेयक पेस गर्नका लागि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचाप्रविधिमन्त्री रेखा शर्मालाई समय दिएका थिए ।

तर‚ प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं उपस्थित थिए । प्रधानमन्त्री नै बैठकमा उपस्थित भएको बेलामा अर्को मन्त्रीलाई ट्रान्सफर गर्न नमिल्ने भन्दै एमाले सांसद भट्टराईले आपत्ति जनाए ।

भट्टराईले बैठकमा उठेर आपत्ति जनाइसकेपछि फेरि अर्का एमाले सांसद पन्तले पनि हात उठाएर समय मागेका थिए ।

‘सरकार बनाउने यो संसद्को गरिमा त्यो बेला रहन्छ, जतिबेला सरकारले संसद्को सम्मान गर्छ । प्रधानमन्त्री उपस्थित भएर मन्त्रीलाई काम लगाउनु संसद्लाई अवहेलना हो । आफ्नो विधेयक आफैं पेश गर्न रुलिङ होस्,’ पन्तले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here