प्रतिनिधिसभाको बैठक बस्दै, दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।

नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा जनाईको छ ।

कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ । प्रचण्डलाई १० दलीय गठबन्धनमा रहेकानेकपा माओवादी केन्द्रसहितनेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीलेविश्वासको मत दिने निश्चित छ। कांग्रेस, एकीकृत समाजवादी र रास्वपाले आइतबार नै प्रचण्डलाई विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेको छ ।

कांग्रेसका ८६ सांसद, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद दुई र आमजनता पार्टीका एक र जनमोर्चाका एक जना सांसद रहेका छन् ।

गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here