‘राष्ट्रिय सहमतिको सरकार बनाएका थियौं, छिट्टै विश्वासको मत लिनुपर्ला भन्ने सोचेको थिइनँ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मतका लागि यति छिटै आउन पर्ला जस्तो नलागेको बताएका छन्।

उनले सोमबार प्रतिनिधिसभाको रोष्टमा उभिएर विश्वासको मत माग्ने क्रममा यस्तो बताएका हुन्। सरकार अर्थतन्त्रको सुधार, सेवा प्रवाहमा सवलीकरणमा क्रियाशिल रहेको अवस्थामा फेरि मत लिनुपर्ने अवस्था आएको बताए ।

‘फेरि यति छिट्टै विश्वासको मतका लागि संसद्सँग अनुरोध गर्ने अवस्था आउला भन्ने सोचेको थिइन् । राष्ट्रिय सहमतिको सरकार बनाएका थियौं,’ उनले भने ।

‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरुबीच मतभेद थिएन। क्याबिनेटका बैठकहरु पनि सौहार्दपूर्ण वातावरणमा भइरहेका थिए। सबैसँगको व्यक्ति सम्बन्ध पनि सौहार्दपूर्ण थियो।

तर मैले राष्ट्रिय सहमतीमा राष्ट्रपति चयनका लागि मेरो प्रस्ताव पछि राप्रपा र एमालेका मन्त्रीहरुले राजिनामा दिनुभयो। र, विश्वासको मत पनि फिर्ता लिनुभयो’, उनले भने।

प्रधानमन्त्री दाहालले पहिलो पटक ११ पुस २०७९ मा विश्वासको मत लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here