काठमाडौं । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई अहिले राप्रपाको विश्वासको मतको आवश्यक नभए उनले बताए । हिजो अस्ति नै फरक मत राखेर हामी तपाईंसँग रहेनौं है भनेर हिडेको आजको आजै विश्वासको मत दिन सकेनौं ।
अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहाल प्रचण्डमाथि व्यंग्य गरेका छन्। ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। दुई महिनामा दुईदुई चोटी विश्वासको मत लिने मौका प्राप्त गर्नुभएको छ। बैशाख १५/२० तिर फेरि यस्तै दिन नआओस् म कामना गर्न चाहन्छु।’ गाउँका ड्राइभरसँग तुलना गरे ।
गाडी फेरिरहने गाउँका चालकसँग दाँज्दै लिङ्देनले प्रधानमन्त्रीलाई भाग्यमानीसमेत रहेको बताए।’जुहारी चलाउने धेरै मन छैन। भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ।
‘गाउँघरमा कहिलेकही यस्तो ड्राइभर भेटिन्छ कहिले कसको गाडी चलाइरहेको हुन्छ कहिले कसको। गाडी फेरिरहन्छ टिकाउ नै छैन के भन्छन् गाडी फेरिरहने ड्राइभरलाई नयाँ गाडी दिन योग्य हुन्छ कि हुँदैन?’