प्रचण्डले पाए विश्वासको मत, एमाले, राप्रपा विपक्षमा उभिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै दोस्रो पटक विश्वासको मत पाएका छन् ।

२७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् । विपक्षमा ८९ मत परेको छ । नेमकिपा तटस्थ बस्यो।

नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिएका हुन्।

कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ ।

गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here