प्रचण्डलाई लिङ्देनकाे प्रश्न– ‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूको सुरक्षाकर्मीहरूले मुख थुनेको तस्वीर सामाजिक सञ्जालमा राख्दै लिङ्देनले लेखेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने कमरेड प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’

मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बानेश्वर पुगेका प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका तीन जनालाई प्रहरीले मुख थुनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here