मेची महाकाली सामजिक संस्थाको एक दिने दन्त शिविर सम्पन्न

काठमाडौं । सामजिक सेवामा निरन्तर लागि रहेको मेची महाकाली सामजिक संस्था नेपालको आयोजनामा एक दिने दन्त स्वास्थ्य शिक्षा तथा दन्त शिविर सम्पन्न भएको छ।

पोखरा सामाजिक सेवा नै धर्म हो भन्ने मुल नाराको साथ सस्थाको आयोजना तथा सिराज डेन्टल केयर पोखराको प्राविधिक सहयोगमा पोखरा लेकसाईड स्थित रेन्बो चिल्ड्रेन होममा एकदिने दन्त शिविर सञ्चालन गरेको थियो ।

उक्त शिविरमा डा.सुजन भट्टाईले बालबालिकाहरुलाई दात तथा मुख स्वस्थ्य राख्नको लागि अपनाउनु पर्ने स्वास्थ्यको बारेमा अपनाउनु पर्ने उपाएको जानकारि दिएका थिए ।

साथै उक्त बालगृहमा रहेका सम्पूर्ण बाबुनानिहरुको दात तथा मुखको स्वास्थ्य जाँच गरिएको सस्थाको उपाध्यक्ष एवम स्वास्थ्य शिविर संयोजक टेक नारायण चापागाईले जानकारी दिए ।

उक्त कार्यक्रमम माईक्रोल्याब फार्मास्युटिकलका मेडिकल रिप्रेजेन्टिभ दिननाथ चापागाई (सन्कल्प)ले दन्त स्वास्थ्य सामग्रीहरु सहयोग गरेका थिए । रेन्बो चिल्ड्रेन होमले बिगत लामो समय देखि बेसहारा बाबुनानीहरुको साहारा बनेर कार्य गर्दै आएको रेन्बो चिल्ड्रेन होमका संचालक गोमा ढकालले बताइन ।

कार्यक्रममा मेचीमहाकली सामाजिक सस्थाका महासचिब विष्णु प्रसाद पौडेलले सस्थाले बिगतदेखि विभिन्न दुर्घटना दैविक प्रकोप,दिर्घकालिन रोगको कारण स्वास्थ्य उपचारमा आर्थिक समस्यामा परेकाहरुलाई सानो भएपनि मलमको रुपमा काम गरिरहेको बताए।

कार्यक्रममा लामो समय देखि समाजसेवाम समर्पित खिम लामिछाने काजीले मानिस सामाजिक प्राणी भएकोले सामाजिकरुपमा एक अर्कोकोबीच मानवीय भावनाले नै अगाडि बढ्दै आईरहेको कुरा बताउँदै स्वास्थ्य शिबिर सम्पन्न गर्नुहुने मेचीमहाकाली सामाजिक सस्था, सिराज डेन्टल केयर माईक्रो ल्याब फार्मास्युटिकल लगाएत सबैलाई बिशेष धन्यवाद दिदै यस्तै समजिक कर्ममासंगै हातेमालो गर्दै जाने कुरा बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here