शेयर बजारको ओरालो यात्रा रोकियो, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १७.७० अंकले बढेर १९०६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २६१ कम्पनीको १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँ बराबरको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये एक वटाको घटेको छ भने अन्य सबैको बढेको छ । । अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

दुई कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । सुपरमाइ हाइड्रोपावर कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, जीवन विकास लघुवित्त साढे ४ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here