गत वर्ष आर्थिक वृद्धिदर ७.०५ प्रतिशत, राजश्व संकलन २२.६१ प्रतिशतले बढ्याे

काठमाडौं, २८ साउन । गत आर्थिक वर्षमा नेपालले ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ ।

यससँगै लगातार तीन वर्ष देशले उच्च आर्थिक वृद्धिदर हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षमा देशले ६.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो

अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विवरणमा आर्थिक वर्ष २०७५/७६ मा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर भएको उल्लेख गरीएको छ ।

गत आर्थिक वर्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट ल्याएका थिए । त्यसलाई संशोधन गरेर १२ खर्ब
८ अर्बमा घटाइएको थियो तर, त्यसमध्ये १० खर्ब ९४ अर्बमात्रै बजेट खर्च हुन सक्यो ।

यसैगरी सरकारले आर्थिक वर्ष २०७५/७६ मा ८६० अर्ब राजश्व संकलन गर्ने संशोधित लक्ष्य लिएकोमा ८५९ अर्बं ५९ करोड राजश्व संकलन गरेको छ ।

उक्त रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २२.६१ प्रतिशतले बढी भएको पनि अर्थमन्त्रालयको विवरणमा जनाइएको छ ।

त्यस्तै मुद्रा स्फिती जेठ सम्म ४.५ प्रतिशत रहेको र शोधनान्तर घाटा जेठसम्म ९० अर्ब ८३ करोड रहेको पनि अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यसैगरी आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्बको आयात भएको र ९७ अर्ब ११ करोडको मात्रै निर्यात भएको पनि बताइएको छ ।

जेठसम्म ७ खर्ब ९९ अर्ब विप्रेषण भित्रिएको र ७.७ महिनाको वस्तु तथा सेवाको लागि विदेशी विनिमय सञ्चिती पर्याप्तता भएको पनि अर्थमन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here