विद्यालयमा गोली लागेर ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली लागेर ६ जनाको मृत्यु भएको छ ।

अल्जजिराको अनुसार प्रिस्कुलदेखि छैठौं कक्षासम्मका करिब २०० विद्यार्थीहरूको निजी प्रेस्बिटेरियन स्कुल द कभेन्ट स्कुलमा सोमबार गोली हानिएको हो ।

मेट्रोपोलिटन न्यासभिल पुलिस विभागले गोली हान्ने व्यक्तिको पहिचान गर्ने काम गरिरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here