एमालेको ग्रास रुट अभियान: भीम रावलको विरोध गरेपछि कार्यक्रम बिथोलियो

काठमाडौं । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि उपाध्यक्ष बिष्णु पौडेल उपस्थित रहेको कार्यक्रम बिथोलिएको छ।

कार्यक्रम सुरु हुनुपूर्व रावलका सन्दर्भमा कसैले पनि केही नबोल्ने समझदारी भएको थियो । तर सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले भीम रावलका विरुद्ध बोलेपछि सहभागीले नाराबाजीसहित कुर्सी प्रहारसमेत गरेका थिए ।

उपाध्यक्ष पौडेलले पनि भीम रावलका सन्दर्भमा कुरा सुरु गर्नै लाग्दा पुनः नाराबाजी सुरु हुने अवस्था भएपछि नकारात्मक कुरा नगर्ने बताएका थिए । भिम रावल भने दुईदिन देखि प्रदेश राजधानी धनगढीमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here