न्याय माग्दै बालुवाटारतर्फ लम्किएका मिटरब्याज पीडितलाई प्रहरीले टंगालमै रोक्यो, रविले सडकमै भेटे

काठमाडौं । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन थालेका छन् । उनीहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ लम्किएका थिए । पीडितहरुलाई प्रहरीले निषेधित क्षेत्रतर्फ जान दिएको छैन । उनीहरु टंगालको सडकमा प्रदर्शन गरिरहेका छन् ।

सडकमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुलाई भेटेका छन् । उनले आफू पीडितहरुको साथमा रहेको प्रतिक्रिया दिए । आफू गृहमन्त्री हुँदा मिटरब्याज पीडितहरुको समाधान गर्न पहल गरेको भन्दै अहिले पनि त्यो पहल जारी राख्ने उनले बताए ।

न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् । सोमबार काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चभित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो । रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटार जान हिँडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here