प्रतितोला १ हजार घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १ हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार अघिल्लो दिन प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८ हजार तोकिएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५ मा आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here