दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक १२.१० अंकले बढेर १९१८.१० बिन्दुमा पुगेको छ ।

यसदिन २५८ कम्पनीको १ अर्ब ४४ करोड रुपैयाँ बढीको ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचकमा हरियाली बढेको छ भने ३ समूहको घटेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले बढेको छ ।

आज आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी झन्डै ६ करोड र शिवम सिमेन्ट पौने ५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here