कोसी नामकरणविरोधी र प्रहरीबीच झडप, २५ जना घाइते

काठमाडौं । कोसी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका छन्। पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरमा करिब २५ जना घाइते भएका छन् । मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो ।

मुख्यमन्त्री कार्यालय नजिकै रहेको होटेल बीगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आएका सांसदलाई दबाब दिन आएका पहिचान पक्षधरलाई प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ भने ४४ सेल अश्रुग्यास प्रहार गरेको छ । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १५ जना घाइते भएका छन् भने आन्दोलनरत पक्षका ९ जना घाइते भएका थिए । घाइतेमध्ये चार जनाको स्थानीय पारस अस्पतालमा उपचार भइरहेको छ ।

झडपका कारण एक घण्टा विराटनगरको बसपार्कको दक्षिणदेखि रोडेशष चोकसम्मको अवस्था तनावग्रस्त बनेको थियो । झडपपछि कोण सभा गर्दै आन्दोलनकारी फर्किएका छन् ।

आन्दोलनकारी फर्किएपछि अवस्था सामान्य बनेको छ । प्रदर्शनस्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

प्रदेश सरकारले फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो। नामकरण खारेजीको माग गर्दै चैत्र ५ गते पहिलोपटक विराटनगरमा पहिचानवादीहरुले आन्दोलन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here