यसरी लिनुहोस् वैदेशिक रोजगारमा रहेका नेपालीले ‘टेलिमेडिसिन’ सेवा

काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य आजदेखि परामर्श सेवा दिने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने छन् । टेलिमेडिसिन सेवा बिहान १० बजेदेखि सुरु हुने बताइएको छ ।

‘टेलिमेडिसिन’ सेवा लिनेले ९८५१३४५७०१ र ९८५१३४५७०२ दुई वटा नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गर्न सक्नुहुनेछ । फोन गरेपछि मेडिकल अधिकृतले भिडियोमा परमर्श दिनेछन् ।

बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा नै आवश्यक परेमा आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ । सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको छ । सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ । यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here