झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक १.०२ अंकले बढेर १९१९.४२ बिन्दुमा पुगेको छ ।

यसदिन २५८ कम्पनीको ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ बराबरको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचकमा हरियाली बढेको छ भने ५ समूहको घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार १ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

दुई कम्पनीको मुल्यमा पोजेटिभ सर्किट लागेको छ । सुपरमाइ हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, धौलागिरि लघुवित्त ५.१७, स्वाबलम्बन लघुवित्त ३.९५, राष्ट्र उत्थान लघुवित्त ३.७१, तेह्रथुम पावर ३.४८, ग्लोबल आइएमई लघुवित्त, आरेन्टल होटल, विजय लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्य साढे २ प्रतिशतले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड ५६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, सानिमामाई हाइड्रोपावरको ३ करोड ३२ लाख र शिवम् सिमेन्ट २ करोड ५२ बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here