रास्वपाबाट बारा-२ मा रमेश खरेल, तनहुँ-१ मा स्वर्णिम वाग्ले

काठमाडौं । आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

जसअनुसार रास्वपाले चितवन–२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ। तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ।

त्यस्तै बारा-२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।

पूर्व डिआइजी खरेल सुशासन पार्टी खोलेर गत निर्वाचनमा काठमाडौं-१ बाट उठेका थिए। यसपालि उनलाई रास्वपाले बारा-२ बाट उम्मेदवार बनाउन लागेको हो।

रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here