कोशी प्रदेश नाम खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । कोशी प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले नाम खारेजको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदशन गरेका छन्। प्रदेश १ को नाम कोशी राखिएपछि हिचानवादी दल तथा विभिन्न संघ संस्थाले विरोध गर्दै आएका छन्। 

उनीको पहिचान सहितको नाम हुनुपर्ने माग छ। प्रदेश सभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो। नेकपा (एमाले)‚ नेपाली कांग्रेस‚ राप्रपाले कोशी नाममा मतदान गरेको थियो। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने किरात-लिम्बुवान-सगरमाथा नाम प्रस्ताव गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here