सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँड, १० लाख बढीको हात खाली

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार दिउँसो आइपीओ बाँडफाँड गरेको हो ।

आइपीओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जस मध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भई योग्य आवेदकको संख्या १३ लाख ९३ हजार १५३ कायम भएको क्यापिटलले जनाएको छ ।

गोलाप्रथाबाट ३ लाख ५८ हजार १ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले गत चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो।

जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको थियो।

लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र सगरमाथा जलविद्युतको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here