कोरोना संक्रमितको संख्या ६ महिनायताकै धेरै

काठमाडौं । नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ। शुक्रबार नेपालमा १४२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो।

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो।

यो पछिल्लो ६ महिनायताकै सर्वाधिक संक्रमित संख्या हो। बिहीबार पनि ४२ जना संक्रमित भेटिएका थिए। संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here