मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

शर्मालाई प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले विश्वासको मत दिएका हुन् । विपक्षीमा १ मत परेको थियो भने १ सांसद अनुपस्थित थिए ।

गत माघ १८ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबार प्रदेशसभामा पुनः विश्वासको मत लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here