अर्थमन्त्री महतको पहिलो निर्णय, नगद प्रवाह योजना तर्जुमा समिति गठन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।

आज मात्रै अर्थमन्त्रीमा नियुक्त भएका महतले कार्यभार सम्हालेपछि पहिलो निर्णयको रुपमा नगद प्रवाह योजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका हुन् ।

सो समितिले सरकारी कोषको अध्ययन गरी सरकारले आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव दिने छ ।

उक्त समिति समिति बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा रहनेछ । समितिमा मन्त्रालय मातहतका विभागीय प्रमुख, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रकको कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरु सदस्य रहने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here