मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्राथमिक साधरण शेयर (आइपीओ) विक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ लाख ४९ हजार ४०० कित्ता निष्काशन गरेको हो ।

सोमध्ये ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोष र ३२ हजार २८ कित्ता कम्पनीका कमएचारीलाई छ्ट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो आइपीओमा चैत २२ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा ३ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल दोलखामा २ वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजना ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

सुरी खोलाको कुल अनुमानित लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड २३ लाख ४५ हजार ५७१ रुपैयाँ रहेको छ।

त्यस्तै, माथिल्लो सुरी खोलाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here