काठमाडौं । नेपाली कांग्रेस आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
सानेपामा बसेको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।
बारामा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेल र जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ ।
वैशाख १० गते रिक्त रहेका तीन स्थानमा उपनिर्वाचन हुँदैछ। बारासँगै चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा पनि उपनिर्वाचन हुन लागेको हो।
कांग्रेसले तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवनमा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।