बुधबार मनकामना केबुलकार बन्द हुने

काठमाडौं । टावर मर्मतसम्भार गर्नुपर्ने भएपछि गोरखाको मनकामना केबुलकार आगामी बुधवार बन्द हुने भएको छ।

चैत २२ गते बुधबार १ दिनको मर्मतसम्भार सकिए लगत्तै कम्पनीले बिहीबारबाट सेवा पुनः सुरु गर्नेछ ।

उक्त केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबुलकार रहेको छ ।

कम्पनीले केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा केबुलकारलाई स्तरोन्नति गरेको थियो।

केबुलकारको टावर, गोन्डोला, बुलह्‍वील लगायत उपकरण साविककै रहेको छ भने यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबुलकार रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here