‘सरकार र मिटरब्याज पीडितबीच भएको सहमति धोका हो’

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकार र मिटरब्याज पीडितबीच शनिबार भएको सहमतिलाई धोका भनेका छन्।

आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले शनिवार सरकारबी वार्ता टोली र पीडितहरुको वार्ता टोलीबीच भएको पाँच बुँदे सहमतिलाई उनले धोकाधडीको संज्ञा दिए ।

उनले एउटा आयोगको प्रतिवेदन धन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिने काम भएको बताए। ‘यो करेक्सन हुनुपर्छ। र पीडकहरुलाई कारबाही गर्नुपर्छ’, उनले भने।

शनिबार भएको सहमतिमा मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग, २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here