बैंकर्स संघका प्रतिनिधीलाई अर्थमन्त्रीले भने -‘ब्याजदरको समस्या समाधानमा लाग्नूस्’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल बैंकर्स संघका प्रतिनिधीहरुबीच भेटवार्ता भएको छ ।

संघका अध्यक्ष सुनिल केसीसहितको पदाधिकारीहरूको छलफलमा बैंकरहरुले अर्थतन्त्रको अवस्था बारे अवगत गराउँदै तरलता र ब्याजदर बारे ब्रिफिङ गरेका थिए।

महतले नेपालको बैंकिङ क्षेत्र बलियो रहेको उल्लेख गर्दै तत्काल देखिएका समस्या समाधनमा पहलकदमी लिने बताएका छन्।

महतले अहिले देखिएको तरलता संकट, ब्याजदरका विषय र सडकमा वित्तीय क्षेत्रविरुद्ध भएका सडक आन्दोलन तथा उद्योगी देखाएको चासोका विषयमा समेत बैंकर्ससँग कुराकारी गरे ।

उनीहरुले अर्थतन्त्रसँगै बैकिङ क्षेत्र पनि साँघुरिएको बताएका हुन्। जसका लागि मनोबल बढाउने कार्य गर्न अर्थमन्त्रीलाई उनीहरुले आग्रह गरेका छन्। तरलता सहज गर्न बैंकरहरुले सरकारी विकास खर्चलाई तीव्रता दिनुपर्ने अर्थमन्त्रीलाई सुझाएका छन्।

भेटमा बैंकर्सहरूले अहिले बैंकिङ क्षेत्रमाथी सडकबाटै आन्दोलन हुनु दुखद भएको तथा भौतिक आक्रमणनै हुन थालेको भन्दै सरकारले कानूनी कारबाही गर्न माग गरेका छन्।

बैंकर्सहरूले बैंकिङ क्षेत्रमा अहिले स्थिति सहज बन्दै गएको ब्याजदर घट्ने चरणमा रहेकोले विस्तारै समस्या समाधान उन्मुख भएको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here