वियरको बोतल प्रयोग नगर्न निर्देशन

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले वियरको बोतल प्रयोग नगर्न निर्देशन दिएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी बैशाख १ गतेदेखि गाउँपालिका क्षेत्रलाई स्वच्छ र सफा राख्न वियरको बोतल प्रयोग नगर्न निर्देशन दिएको हो ।

पालिका क्षेत्रमा वियरको सिसाको बोतल उचित तरिकाले व्यवस्थापन गर्न नसकेकाले होटेल, रेष्टुरेन्ट, पसल तथा पर्यटक घुम्न आउने क्षेत्रमा वियरको बोतल प्रयोग गर्न निषेध गरेको गाउँपालिकाले जनाएको छ ।

बैशाख १ गतेदेखि वियरको बोतल प्रयोग नगर्न र नगराउन पालिकाले सोही सूचनामार्फत अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here