पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती, खाना पकाउने ग्यास भने यथावत

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा ठूलो कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०–१० रुपैयाँ घटाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटेको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने यथावत रहेको निगमको भनाई छ । अब बजारमा डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँमा झरेको छ । यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ थियो ।

हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसतः लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर तोकिएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेर १७५ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ यथावत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here