गृहमन्त्रीले तजबिजमा गर्न पाउने सुराकी खर्च खारेज

काठमाडौं । मन्त्रिपरिषद बैठकले गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज गरिएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहालीलगत्तै पहिलो निर्णयमा सुराकी खर्च खारेज गर्ने निर्णय गरेका थिए । त्यसैबमोजिम मन्त्रालयले मन्त्रिपरिषद बैठकमा उक्त प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषदले प्रस्ताव पारित गरेसँगै सुराकी खर्च खारेज भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here