नेपालमा कोरोनाको बढी संक्रामक एक्सबीबी.१.१६ सवभेरियन्ट फैलिरहेको पुष्टी

काठमाडौं, २१ चैत । नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय देखिएका छन् । यसमा पनि सबैभन्दा धेरै अत्यन्त संक्रामक मानिने एक्सबीबी.१.१६ फैलिएको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यसक्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् ।

२४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेको बनेको यो यो निकै संक्रामक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अभियान गौतम भन्छन्, ‘यो नजिताले संसारको कुनै पनि कुनामा म्युटेसन भएको सबभेरिएन्ट तुरुन्तै नेपालमा आएको छ र नेपालमा रोकथामका लागि कुनै पनि उपाय अपनाइएको छैन भन्ने देखाएको छ ।’

उनका अनुसार ओमिक्रोन एक्सबीबी.१.१६ ले हालसालै भारतमा संक्रमण बढाएको थियो । त्यसको करिव दुई सातामा यो संक्रमण नेपाल भित्रिएको स्थल मार्गबाट नेपाल आउनेहरुको नमुना परीक्षणले देखाएको थियो ।

डा. गौतमका अनुसार नेपालमा अबका दिनहरुमा कोरोना संक्रमण अझ बढ्नेछ । किनकी मास्क लगाउन, समाजिक दुरी कायम गर्ने जस्ता सावधानीका उपायहरु अपाइएको छैन । उनले भने, ‘भ्याक्सिन लगाएकाहरु धेरै डराउनुपर्दैन । तर खोप नलगाएका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई गाह्रो पार्नसक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here